धरासायी बन्दैछ विपि प्रतिस्ठान
Posted by
purwanews
Published on
Wednesday, October 9, 2013
-सन्जिव वाग्ले /धरान
धरानबासीहरुले सधै ठूलो छाती बनाएर विपि अस्पतालको नाममा आफ्नो परिचय दिने गरेका छन् । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल मात्र नभएर शैक्षिक संस्था पनि हो । यसले धरानको ठूलो इज्जत राखेको छ । तर, यति बेला त्यहाको बागडोर समालेर बसेकाहरु र त्यहा कार्यरत केही चिकित्सकहरुको अकर्मन्यताको कारण प्रतिष्ठान धरासायी बन्दै गएको छ । यसै विषयमा तयार पारीएको रिपोर्ट : स्वास्थ्य क्षेत्रमा भित्रिएका धेरै विकृतिमा अहिले कुनै न कुनै रुपमा डाक्टरहरु मुछिन थालेका छन् । पछिल्लो समयमा 'इथिक्समा' रहेर प्रतिष्ठालाई पहिलो प्राथमिकतामा राख्ने चिकित्सकहरु पाउन मुस्किल हुादै गएको स्वय डाक्टरहरु नै स्वीकार गर्छन । कतिपय वरिष्ठ डाक्टरहरु पनि 'अनइथिकल प्राक्टिस' र महंगो हुदै गएको मेडिकल शिक्षाका कारण बद्नाम हुदै गएको देखिएको छ । कम्पनीको प्रलोभनमा जथाभावी औषधी लेख्ने, कमिसन कै भरमा प्रयोगशाला र अन्य परीक्षणको सिफारिस गर्ने, अनावश्यक शल्यक्रिया गराएर पैसा कमाउने आरोप नलागेका डाक्टरहरु भेट्न गाह्रै पर्छ । त्यति मात्रै हैन सरकारी अस्पतालमा समय नदिएर निजी क्लिनिक धाउने । अस्पतालमा आएका विरामीलाई नीजि क्लिनिकमा पठाएर कमिसन लिने डाक्टरको पनि हाम्रो समाजमा कमि छैन । प्रसंग हो, धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको । प्रतिष्ठान अन्तराष्टिूय स्तरमा ख्याति कमाएको अस्पताल हो । प्रतिष्ठान कुनै समयमा उत्कृष्ट स्वास्थ्य सेवा दिने अस्पतालहरुको सुचिमा अग्रपंक्तिमा रहने गथ्र्यो । विगत केही वर्ष यता प्रतिष्ठान व्यवस्थापनको चरम लापरवाही र केही पैसामुखी चिकित्सकहरुका कारण प्रतिष्ठानले आफ्नो साख गुमाउन थालेको छ । कहिले सेवा सुविधाको नाममा हुने आन्दोलन, कहिले डाक्टरको विरोध त कहिले अस्पतालबाट पीडित बनेकाहरुको आन्दोलनले प्रतिष्ठान दिनानुदिन थला पर्दै गएको छ । प्रतिष्ठानमा उपचारका लागि आएका विरामीहरुलाई ल्याब तथा एक्सरे गर्न प्रतिष्ठान बाहिरका नीजि सेन्टरहरुमा पठाएको भन्दै अस्पतालका सर्जरी विभाग प्रमुख प्रा.डा. सिएस अग्रवाललाई कार्बाही गर्न अस्पताल व्यवस्थापनलाई दिएको अल्टिमेटमको सुनुवाइ नभएको भन्दै कर्मचारीहरुले सर्जरी विभाग प्रमुख डा. अग्रवालको कार्यकक्षमा तालाबन्दी गरेका थिए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र गोलेका अनुसार २ पटक अनुगमन गर्दा डा. अग्रवालले विरामी जााच गर्न बाहिरका क्लिनिक एवम् जााच केन्द्रहरुमा पठाएको भेटिएपछि कार्बाही गर्न अस्पताल प्रसासन साग माग गरेका थिए । समाजका अध्यक्ष सुजेन्द्र गोले भन्छन,-"यो कुनै एउटा चिकित्सक विरुद्धको एक्सन हैन, प्रतिष्ठानलाई आर्थिक रुपमा धरासायी बनाउन बिरामी जाचाउन बाहिर पठाउने कर्मचारी र चिकित्सक विरुद्धको कदम हो ।" कमिसनको लोभमा चिकित्सकले विरामीलाई 'ल्याब टेस्ट' गर्न अन्यत्र पठाउदा आम्दानी बाहिरिएको र प्रतिष्ठान आर्थिक रुपमा धरायसी बन्दै गएको समाजको भनाइ छ । प्रतिष्ठान मै सम्पूर्ण ल्याब टेस्ट, इको, इन्डोस्कोपी, सिटी स्क्यान, अल्टूासाउन्ड तथा एक्स रे सेवा उपलब्ध रहेको समाजको भनाइ छ । अस्पतालमा हुने ल्याब परीक्षण विश्वासिलो छैन भन्ने कुरा छ नि ? भन्ने जिज्ञासामा अस्पतालका प्रवक्ता प्रा.डा. पशुपति चौधरी भन्छन्,- "हामीकहा सुविधा सम्पन्न प्रयोगशाला छ, दक्ष प्राविधिक जनशक्ति छन् ।" प्रतिष्ठानभन्दा बाहिर राम्रो 'टेस्ट' हुनै नसक्ने चौधरी दाबी गर्छन । त्यसो त ल्याब परीक्षणका लागि बिरामीलाई नीजि सेन्टरमा पठाउने अग्रवाल एकजना मात्र छैनन् यस प्रकरणमा प्रतिष्ठानका वरिष्ठ डाक्टरहरु डा. निकेश श्रेष्ठ , जितेन्द्र झा, ध्रुवचन्द्र थापा, अजय अग्रवाल, जिएल झा, श्याम गुप्ता लगायतले बिरामीलाई बाहिर पठाउने गरेको अनुगमनका क्रममा पाइएको समाजको दाबी छ । प्रतिष्ठानमा उपचारका लागि सुलभ र सहज सेवा हुदाहुादै पैसाका लोभमा प्रतिष्ठानको आम्दानीमा ह्रास आएको सम्बन्धित जानकारहरु बताउाछन् । अस्पताल व्यवस्थापनले आफ्नो क्षमताअनुसारको व्यवस्थापन गर्न नसक्नु र चिकित्सक लगायत स्वास्थ्यकर्मीलाई पेसागत मर्यादाअनुकूलको व्यवहारप्रति उत्प्रेरणा र दण्ड सजायको व्यवस्था गर्न नसक्नु नै अस्पतालको गिर्दो साखको कारक रहेको नाम उल्लेख नगर्ने सर्तमा एक वरिष्ठ चिकित्सक बताउछन । उनी भन्छन्,-"आचारसंहिता विपरीतका प्रवृतिले चिकित्सा पेशा र चिकित्सकको इज्जत दुबैमा कमि आएको छ । खराब काम गर्नेहरु पहिला पनि थिए, तर अहिले स्थिती झनै विग्रियो ।" ठूला ल्याबले चिकित्सकहरुलाई कमिसनै दिएर प्रयोगशालालाई आम्दानीको माध्यम बनाएको श्रोतको दाबी छ । यसले गर्दा सही रिपार्ट दिन नसक्ने ल्याबमा पनि कमिसनको लोभले अनावश्यक परीक्षण गराउन बाध्य पार्ने चिकित्सकहरुको जमात पनि ठूलै छ । ल्याब स्रोतका अनुसार हरेक परीक्षणबाट चिकित्सकले २५ देखि ६० प्रतिसत सम्म कमिसन लिने गरेका छन् । कतिपय चिकित्सकले सही रिपोर्टलाई पनि कमिसन पाउने लोभमा ल्याबमा पुन: परीक्षण गर्न विरामी पक्षलाई दबाब दिने गरेका छन् । ल्याबले परीक्षणका लागि सिफारिस गरिदिने चिकित्सकका नाममा बौक खाता नै खोलिदिएको स्रोतको दाबी छ। प्रतिष्ठानमा कमिसनको खेलमा चिकित्सकसगै उसका सहायक कर्मचारी र अस्पतालका सुरक्षागार्डसमेत संलग्न रहने गरेकाले यो चेनलाई टुटाउन त्यति सजिलो नरहेको एक औषधि व्यवसायी बताउछन । उनी भन्छन्,-" केही कर्मचारीले मात्र गरेर हुदैन पूरै अस्पताल यसमा लाग्नु पर्छ ।" यसै बिच प्रतिष्ठान व्यवस्थापनले डा. अग्रवाललाई कार्यवाही गर्ने प्रतिबद्धता जनाएपछि कर्मचारी कल्याण समाजले तालाबन्दीको कार्यक्रम फिर्ता लिएको छ ।प्रतिक्रिया दिनुहोस् >>
