त्राहिमाम् ! प्रचण्ड (फोटोफिचर सहित)
Posted by
purwanews
Published on
Friday, October 25, 2013
सुनसरी । केही महिनाअघि एमाओवादी अध्यक्ष प्रचण्डले काठमाडौमा आयोजित आफ्नै कार्यक्रममा झापु खाए । माओवादीमा आबद्ध रही युद्ध लडेका आफ्नै कार्यकर्ता पदम कुँवरबाट थप्पड खाएका नेता प्रचण्ड त्यसयता कार्यक्रममा धेरै चनाखो हुन थालेका छन् । सुनसरीको चक्रघट्टीमा शुक्रबार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पुगेका प्रचण्डले पार्टी प्रवेश गराउने क्रममा मञ्चमा देखिएको सुरक्षाकर्मीहरुको भीडले त्यसको पुष्टि गरेको छ ।
प्रचण्डले पार्टी प्रवेश गर्नेहरुलाई रातो टिका लगाउँदै गर्दा मञ्चमा आधा दर्जन बढी सुरक्षाकर्मी थिए । एक जना दाँया, अर्को बाँया र एक जना प्रचण्डको ठिक सामुन्ने उभिएका थिए भने चार पाँच जना मञ्चको दाँया र बाँया उभिएका थिए ।
सुरक्षाकर्मीले सुरक्षा दिनु त नौलो भएन, तर टिका लगाउन आउनेलाई सुरक्षाकर्मीले झण्डै झण्डै दुवै हात समातेर प्रचण्डको अगाडी पुर्याउने गरेका थिए । वाइसिएल कार्यकर्ताको कडा निगरानीपछि नवप्रवेशीहरु सिँढीको व्यवस्था नगरिएको मञ्चमा बल गरेर पुगेका थिए भने टिकालगाउने पालो आउने बित्तिकै दुई जना सुरक्षाकर्मीले दुइतिरबाट समातेर प्रचण्डको अघि पुर्याएका थिए । टिका लगाइसकेपछि अर्का सुरक्षाकर्मीले तानेर अर्कोतिरबाट मञ्चबाट उतारेका थिए । सुरक्षाकर्मीको बाक्लो उपस्थितीका कारण पत्रकारहरुलाई पनि पार्टी प्रवेशको तस्वीर तथा भिडियो खिँच्न हम्मे हम्मे परेको थियो । पार्टी प्रवेश गर्ने महिलाहरुलाई भने समातिएन ।
पार्टी प्रवेशको बहानामा कार्यकर्ताहरुले आफ्ना नेतालाई थप्पड हान्न थालेपछि प्रायः सबै पार्टीहरुले पछिल्लो समय पार्टी प्रवेश गराउँदा सुरक्षा व्यवस्था कडा बनाउन थालेका छन् । स्मरणीय छ, इटहरीमा आयोजित चुनावी सभाका क्रममा एमाले अध्यक्ष झलनाथ खनालले समेत झापड खाएका थिए भने काँग्रेस अध्यक्ष शुशील कोइरालाले पनि मञ्चमै झापड खाएका थिए ।
कार्यक्रममा प्रचण्डले पुराना कोशी पीडितहरुका मागलाई सम्बोधन गर्ने आश्वासन दिँदै बहुमत दिलाउन आग्रह गरेका थिए ।
हिमाल दहाल, कात्र्तिक ८
प्रतिक्रिया दिनुहोस् >>
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
