व्यापक आचार संहिता उल्लंघ


सिरहा । निर्वाचन आयोगले जारी संविधानसभा निर्वाचन–२०७० का लागि जारी गरेको निर्वाचन आचार संहितालाई बेवास्ता गर्दै प्रमुख दलहरुले नै त्यसको उल्लंघन गरिरहेका छन् ।

 निर्वाचन आचार संहितामा उल्लेख गरिएबमोजिम पोष्टर भन्दा बढी साइजको पोष्टरहरु ठूला दलका उम्मेदवारहरुले छपाएका छन् । त्यसैले आचार संहितामा दुईवटा हलुका सवारी प्रयोग गरिने तोकिए पनि त्यसको विपरीत चार–चारवटा गाडीहरु प्रयोग गरिरहेका छन् ।

 सिरहा जिल्लाको सबै निर्वाचन क्षेत्रमा तीन ठूला दलका उम्मेदवारहरुले आचार संहिता विपरीत फ्ल्याक्स छपाएर आफ्नो प्रचारमा हिंडेका छन् । कसैको घरमा पोस्टर टाास्दा घरधनीको अनुमति लिनुपर्ने भनिए पनि ठूला दलका उम्मेदवारहरुले बिना अनुमति आफ्ना पोस्टरहरु टाासिएको गुनासाहरु आएका छन् । यस्ता गुनासाहरु आएपछि सिरहाका मुख्य जिल्ला निर्वाचन अधिकृतले आचार संहिता उल्लंघन सम्बन्धमा उजुरी आएकोले छानबिन गरी कारबाही गरिने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>