चुनावी अभियान तिव्र

नेपाली कांग्रेस क्षेत्र नं. १ ले आफ्नो चुनावी अभियान गाउंवाट शुरु गरेको छ । नेपाली कांग्रेस पांचकन्या सभापति धन बहादुर कटवालको अध्यक्षतामा भेलाको आयोजना गरी कांग्रेसले पांचकन्यामा आफ्नो चुनावी अभियान तिव्र पारेको छ ।

कांग्रेसका प्रत्यक्ष उम्मेदवार चन्द्र प्रसाद श्रेष्ठ र समानुपातिक उम्मेदवार मिना सुब्बाले भेलालाई सम्बोधन गर्दै लोकतान्त्रिक संविधान निर्माण गर्ने कार्य र यस क्षेत्रको विकास गर्ने कार्य नेपाली कांग्रेसले मात्र गर्न सक्छ भन्दै आफुहरुले पाउने विकास बजेट र भत्ता समेतवाट पांचकन्यालाई उच्च प्राथमिकता दिई गाउंवासीको चाहना बमोजिम खर्च गर्ने प्रतिवद्धता जनाउंदै यसपटक नेपाली कांग्रेसलाई भोट दिन आव्हान गरेका छन ।

कार्यक्रममा एमाले निकट युवा संघ परित्यागरी पांचकन्या ३ चौकीडाडा, उखुवारी र लिम्वुचौरीवाट धन तामाङको नेतृत्वमा ७२ जना, पांचकन्या २ घोपाली टोल र स्कुल डांडाका मनिष राईको नेतृत्वमा युवा संघवाटै १२ जना र पांचकन्या १, सिमल चौकका विश्वजित राईको नेतृत्वमा युवा संघ वार्टै १९ जना गरी १०३ जना नेपाली कांग्रेस प्रवेश गरेको क्षेत्रीय सचिव सुजेन्द्र तामाङले बताए । नब प्रबेसिलाई  उम्मेदवारद्धयले अविर लगाई स्वागत गरेका थिए ।


एमाले
मुस्लिम धर्मालम्बिहरुको चाड बकर इदमा एमालेले धरानका मुस्लिम समुदायसंग इद मिलन कार्यक्रम गरि धार्मिक र सास्कृतिक सद्भाव बाढेको छ ।

नेपाली मुस्लिम इतिहाद संगठन धरान इकाई कमिटिले सोमबार गरेको इद मिलन कार्यक्रममा एमाले उमेद्वारले सद्भाव बाडेका हुन् । नेपालीहरुको महान पर्व दशै लगायत पर्वलाई पनि मुस्लिमहरुले सद्भाव पर्वको रुपमा मान्ने र मुस्लिमहरुको महान पर्व बकर इद पनि नेपालीहरुले एकता र सद्भावका रुपमा मनाउन इद मिलन गरिएको संगठनका धरान अध्यक्ष सेख युसुफ अलिले बताए  । इद मिलनमा सहभागी एमालेको क्षेत्र नं १  का प्रत्यक्ष तर्फका उमेद्वार कृष्णकुमार राईले आफू व्यक्तिमात्रै नभई पार्टीको विचार र संगठनको नेता भएको र आफ्नो पार्टीले जितेमात्र धार्मिक र सास्कृतिक सदभाव कायम रहने बताए ।


 कार्यक्रममा उपस्थित एमाले नेताहरुले पार्टीले धार्मिक विविधतालाई अंगिकार गर्ने पार्टी भएकाले पनि एमालेमा भोट हाल्न आग्रह गरे । एमाले जिल्ला सचिव मोतीराज सुनुवार, नगर अध्यक्ष तारा सुब्बा, जिल्ला सदस्य मञ्जु भण्डारी, संगठनकै फिरोज अलीलगायत जिल्ला नेताहरुले बोलेका थिए ।




प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>