"आफु एमालेमा नरहने" : सुनुवार

मोतिराज सुनुवार , तस्बिर :रोहित राइ 
धरान  / पत्रकार सम्मेलन गरी एमाले छाडेको घोषणा गरेका एमालेका पूर्व जिल्ला सचिब मोती सुनुवारले आफु
एमालेमा नरहने बताएका छन।

आज धरान स्थित औजार दैनिकको कार्यलयमा भएको छलफलमा सुनुवारले सो कुरा बताएका हुन। उनले भने-'एमालेमा नरहने पक्का हो।'उमेद्वारको नाम नलीइ असन्तुस्टि ब्यक्त गर्दै उनले भने ,"कम्तिमा संघियताको, गणतन्त्रको फ्रेममा हिंडेको मान्छे त चुनावमा आउनु पर्थ्यो नि।" पछाडि रहेका साथी हरुलाई अन्याय नहोस् भन्दै उनले एमालेको आन्तरिक राजनीतिमा आफु शहीद भएको बताए। आफु जहाँ रहेपनी मजदुरकै आन्दोलनमा रहने उनको भनाइ थियो ।

पार्टिमा मजदुरहरुलाई बेवास्था गरिएको बताउदै सुनुवारले भने-"म अली छिटो बोले हुला, संगठनमा नबोली बस्ने मान्छेहरु धेरै छन। "

आफुले पार्टी परीत्याग गरेपछी एमाओबादी , संघिय समाजबादिले आफु प्रती धेरै चासो ब्यक्त गरेको उल्लेख गर्दै उनी भन्छन "म सँग ध्यान जि ले मुक्साहाङ जि ले संपर्क गर्नु भएकै हो।"

मङ्सिर ४ गतेसम्म स्वतन्त्र रहेर काम गर्ने उनको भनाइ छ।  मजदुर नेताहरुले एमालेमै फर्कन गरेको आग्रहलाई सम्भोधन गर्दै उनले " मैले पार्टिमा गल्ती गरेको भए कारबाही हुनु पर्‍यो । कि, मलाई यो अवस्थामा श्रीजना गर्नेलाई कारबाही हुनु पर्‍यो। किन मलाई एस्तो भयो यो कुराको निर्क्योल भयो भने सोचौला ।"   

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>