दलले नटेरेपछि आयोग सक्रिय
धरान/निर्वाचन आचारसंहिताविपरित सार्वजनिकस्थलमा झन्ड्याइएका ब्यानर र टाँसिएका पर्चा हटाउन निर्वाचन आयोगले आग्रह गरेपनि दलहरुले अटेर गरेपछि आयोग आफैंले हटाउन थालेको छ ।
आचारसंहिता विपरीत दलहरुले जथाभावी पार्चँ टाँस्न र ब्यानर राख्न थालेपछि आयोगले हटाउन आग्रह गरेपनि सम्बन्धित दल तथा उम्मेद्वारले टेरेका थिएनन् । आयोगले निर्देशन दिएपछि मंगलवार प्रहरीले सुनसरी क्षेत्र नं १ को धरानमा आचारसंहिताविपरित राखीएको पर्चा, ब्यानर हटाएको हो । सोमवार प्रहरीले सुनसरी २ मा पर्ने इटहरी चौकबाट पर्चा, ब्यानरहरु हटाएको थियो ।
विभिन्न दलहरुले आचार संहिताविपरितको माइकिङलाई पनि प्रहरीले प्रतिबन्ध लगाउन थालेको छ । आयोगबाट निर्देशन आएकाले निर्वाचन आचारसंहिताविपरित टाँगिएको ब्यानर पम्प्लेटलाई हटाउँदैछौं, धरान इलाकाका प्रहरी निरिक्षक मुकुन्द रिजालले भने । निरिक्षक रिजालका अनुसार मंगलवार तिनकुने, मुख्य बजार क्षेत्र भानुचौक, जिरो प्वाइन्ट, चतारालाइन, बिपी प्रतिष्ठानअघि आचारसंहिताविपरित राखिएको ब्यानर, पर्चा निकालिएको छ ।
पूर्वेली
प्रतिक्रिया दिनुहोस् >>