घटनास्थलमै पाँचको मृत्यु ,दर्जनौ घाइते


काठमाडौं /
नारायणगढ–मुग्लिन सडक खण्ड अन्गर्तत चितवन जिल्लाको चण्डिभञ्ज्याङ ५ खहरे खोलामा आज विहान करीब ६ बजे यात्रुबाहक बस खसेर भएको दुर्घटनामा परी पाँच  जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४३ जना गम्भिर घाइतेभएका छन् ।

उक्त दुर्घटनामा परी घाइते भएकाहरुलाई सशस्त्र प्रहरी टोलीले उद्धार गरी उपचारार्थ  भरतपुर मेडिकल कलेज पठाएको छ ।
धरानबाट काठमाडौंतर्फ आउदै गरेको बा.२ ख ९८८७ नम्बरको 'साई सफारी डिलक्स' यात्रुबाहक बस अनियन्त्रित भई सड्कदेखि करीब एक सय मिटर तल खहरे खोलामा खस्दा  उक्त दुर्घटना भएको  सशस्त्र प्रहरीले जनाएको छ।

 टोलीले मृत्यु भएका पाँच जनाको शबलाई बाहिर निकालेको छ ।  बसमा सवार पाँच जनाको घटनास्थलमानै बसले च्यापिएर मृत्यु भएको हो ।
 टोलीले र्‍याकरको मद्दतले उक्त बसलाई पल्ट्याई शवहरु निकाली पोष्टमार्टमको लागि जिल्ला अस्पताल भरतपुरतर्फ पठाएको  छ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>