सद्भावनाले ५० बढी सिट ल्याउने : महतो

सप्तरी / सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अन्य मधेशवादी दलभन्दा आफ्नो पार्टीले सम्मानजनक सिट ल्याउने दावी गरेका छन् ।

 राजविराजमा पत्रकार सम्मेलन गरी महतोले ५० भन्दा बढी सिट ल्याउने दाबी गरेका हुन् । मधेश र पहाडको ४० जिल्लाका १ सय ३३ क्षेत्रमा पार्टीले उम्मेदबारी दिएको बताउदै उनले ५० भन्दा बढी सिट आउने दाबी गरे  ।

पछिल्लो पटक ठूला दलहरुले मधेशीसग ठगेर भोट लिएको आरोप लगाउदै ठूला दलहरुले  नेपाली जनतालाई धोका दिएको बताए । केही व्यक्तिहरु मधेशको नाममा पार्टी खोलेपनि उनीहरुको व्यवहार ठूला पार्टीहरुकोझैं रहेको उनको आरोप थियो । एक प्रसङमा,
मधेशको नाम लिएर कसैलाई अपराध गर्न छुट नभएको बताउदै मधेशीको हकअधिकारका लागि लड्ने पार्टी र उम्मेदबारलाई जनताले स्वस्फूर्त सहयोग गर्ने उनको  भनाई थियो ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>