काबेली ह्युमनबाट गएका ३५ युवा मलेसियामा बिचल्ली
धरान/दुई महिना अघि वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका ३५ नेपाली युवा विचल्लीमा परेका छन् । विचल्लीमा पर्नेहरुमा हसन्दह ७ मोरङका देवेन्द्रकुमार लिम्वू, नवामीडाडा ६ पाँचथरका सुक्रराज आङ्देम्वे, सिद्धकाली ५ संखुवासभाका रिन्जी शेर्पा, चितवनका जीवन चेपाङ र लिवाङ ५ रोल्पाका टिका डाँगी लगायत रहेका छन् ।
उनीहरु काठमाण्डौको गौशालामा रहेको कावेली हुमन रिसोर्स प्रा.लि. मेनपावरवाट मलेसिया पुगेका हुन् । मलेसियामा आर एम ९ सय पाउने भन्दै कावेली हुमन रिसोर्स प्रालिका संखुवासभा घर भएका खगेन्द्र कटुवालले उनीहरुलाई मलेसिया पठाएका हुन् । मलेसिया पुग्दा ५ सय ४६ आर एम मात्रै पाउने भए पछि युवाहरुले आफू ठगिएको थाहा पाएका हुन् ।
१ लाख १९ हजार देखि १ लाख ३१ हजार रुपैयासम्म बुझाएर गएका उनीहरुले नेपालबाट झुटो सम्झौता पत्र वनाएर आफुहरु ठगिएको भन्दै कावेली हुमन रिसोर्स प्रालिलाई कार्वाही हुनुपर्ने माग समेत गरेका छन् । सम्झौता पत्रमा उल्लेख भएको भन्दा तीन गुना कम तलवमा काममा लगाईए पछि विचल्लीमा परेका युवाहरु मध्ये केही मेडिकल अनफिट छन् भने तीन जनाको वाहेक अरुको भीषा समेत नभएको मलेसियाका पत्रकार राजकुमार तेङ्युङले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस् >>