समाजवाद, माक्र्सवाद होइन, अब खम्बुवानवाद

धरान/खम्बुवान स्वायत्त राज्यको माग गर्दै आएको खम्बुवान राष्ट्रिय मोर्चा नेपालले पहिलोपटक चुनावमा भाग लिने निर्णयसहित जातीय आधारमा नेपाललाई ८ प्रदेश बनाउनु पर्ने बताएको छ ।
आमसञ्चार क्लब धरानमा हिजो आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय अध्यक्ष आर.के.खम्बुले घोषणा पत्र सार्वजनिक गर्दै यस्तो धारणा व्यक्त गरेका हुन् । अध्यक्ष खम्बुले विश्वबाटै समाजवाद तथा माक्र्सवाद सबै विचारधारा असफल भईसकेको दावी गर्दै खम्बुवान विचारधाराले मात्रै उत्पीडित जातिहरुको अधिकार प्राप्त हुने बताए ।
खम्बुले इलाम, पा“चथर, झापा, मोरङ, सुनसरी, भोजपुर, खोटाङ, संखुवासभा, उदयपुर, सोलुखुम्बु र ओखलढुंगाका ३३ निर्वाचन क्षेत्रबाट ३३ जना प्रतक्ष्यतर्फ उम्मेदवारी दर्ता गराएको बताए । उनले एक सय ३३ जना समानुपातिकको बन्द सुचीमा राखेको उल्लेख गर्दै ३ देखि ८ सिट जित्ने पक्का भएको दावी गरे । खम्बुवानमा ८ लाख भोट समानुपातिकमा आउने आरके खम्बूले दावी गरे ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>