फेरी बगाउँदा तीन जिल्लालाई समस्या
Posted by
purwanews
Published on
Monday, October 21, 2013
गाईघाट/सुनकोसी नदीमा सञ्चालित फेरी बाढीले बगाएपछि आवतजातवतमा समस्या भएको छ ।
बडादसैँअन्तर्गत तृतीयाको साँझ सुनकोसीमा सञ्चालित फेरी बाढीले बगाएर ७ किमि तल उदयपुरको लेखानीस्थित कुसुमटारमा झारेपछि उदयपुर, ओखलढुङ्गा तथा सोलुखुम्बुतर्फ आवतजावत गर्नेहरुलाई मर्का परेको हो । सिद्धिचरण राजमार्ग अन्तर्गत उदयपुरको घुर्मी र ओखलढुङ्गाबीचको सुनकोशी नदिमा सञ्चालनमा रहेको फेरी बगाउँदा आवतजावतमा अवरोध सृजना भएको छ ।
सुनकोसीमा पुल निर्माण सम्पन्न हुन नसक्दा फेरीको सहायताबाट ओहोर दोहोर गर्ने गरेकोमा फेरी नै बगाएपछि स्थानियहरु समस्यामा परेका छन् ।
प्रतिक्रिया दिनुहोस् >>