"गच्छदारलाई हराउँछु" : चौधरी

सुनसरी । सुनसरी क्षेत्र नं. ३ यसपटक विशेष चर्चामा रहेको सुनसरीको एक क्षेत्र हो । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले २२ वर्षदेखि एकलौटी जित हातपार्दै आएको यो क्षेत्रमा यसपटक एमालेकी भगवती चौधरीले उम्मेदवारी दिएपछि दुई बिच प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।
राम्रो राजनीतिक उचाइ बनाएका गच्छदार राजनीतिका चतुर खेलाडी मानिन्छन् । मधेस आन्दोलन चर्किँदा काँग्रेसबाट फुटेर मधेसको ऐजेन्डालाई उठाएर छुट्टै पार्टी खडा गरेका गच्छदारले चुनाव जित्न जेसुकै गर्ने गरेको स्थानिय राजनीतिका जानकारहरु बताउँछन् । यसपटक पनि स्थानिय मुसलमान समुदायका प्रभावशाली काँग्रेस नेतालाई पार्टीमा भित्र्याएर जितको सम्भावनालाई दह्रो बनाइरहँदा एमालेकी उम्मेदवार चौधरीले भने गच्छदारले हार्ने दावी गरेकी छिन् ।
‘२२ वर्ष शासन गर्दा पनि गच्छदारले यो क्षेत्रको लागि केही गरेनन्,’ उनले भनिन्, ‘यो पटक यहाँका जनताले परिवर्तन खोजेका छन्, गच्छदारले हार्छन् ।’
गच्छदारले जितेर गएपछि आफ्नो क्षेत्रको लागि केही पनि काम नगरेको दावी गर्दै उनले भनिन्, ‘जे जति विकास भएको छ, सबै योजनामा परेका बाटो, विजुलीहरु विस्तार भएका छन्, गच्छदार आफैले केही विकास गरेकै छैनन् ।’
ग्रामिण महिलाहरुको विकास र शशक्तिकरणको लागि बैंक स्थापना गरेकी चौधरीले आफूसँग युवा स्वरोजगार, आर्थिक विकासका लागि पर्याप्त योजना रहेको बताउँदै आफूलाई जिताएमा संविधान बनाउनुका साथै क्षेत्र नं. ३ को विकास गर्ने समेत दावी गरिन् । ‘चुनाव नलडेपनि, नजितेपनि विकासका विभिन्न मोडलको अध्ययन र प्रयोग गरीरहेकी छु,’ उनले भनिन्, ‘जितेँ भने प्राविधिक शिक्षा र स्वरोजगार अभियानलाई तीव्रता दिँदै सिर्जनात्मक विकासका लागि पहल गर्छु ।’
गच्छदारले नगरेका काम गरेर देखाउँने बताउँदै उनले महिलाको नेतृत्वमा हुने हरेक काम पारदर्शी र भ्रष्टाचारमुक्त हुने समेत दावी गरिन् । चौधरी फरवर्ड नामक संस्थाकी अध्यक्ष समेत हुन् । ग्रामिण क्षेत्रका महिलाहरुको शशक्तिकरण र आर्थिक विकासमा यो संस्था क्रियाशिल छ ।

एमालेमा तीन सय पसे
सुनसरी । सुनसरी क्षेत्र नं ४ मा अन्य पार्टी परित्याग गरि नेकपा एमालेमा तीनसय जना  प्रवेश गरेका छन् । नेपाली काँग्रेसका सक्रिय कार्यक्रता सुरेन्द्र साह र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका बद्री मण्डलको नेतृत्वमा तीनसय जना पार्टीमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई नेकपा एमाले क्षेत्र नं ४ का प्रत्यक्ष उमेद्वार खेमराज पोखरेल र नेकपा एमाले मोरङका पूर्व अध्यक्ष विनोद ढकालले स्वागत गर्दै एमालेको सदस्यता दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उमेद्वार पोखरेलले नेकपा एमाले मधेशका मुद्धा प्रति संवेदनशील रहेको बताए । आफुलाई विजयी बनाए मधेसका समस्या समाधानका लागि संबैधानिक ग्यारेन्टीका लागि पहल गर्ने उनको भनाई थियो ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>