महिलाको हत्या, पति फरार
Posted by
purwanews
Published on
Monday, October 28, 2013
सिराहा/सिराहाको सीमावर्ती गाउँ बडहरा माल ५ स्थित सडक छेउमा शनिवार बिहान २५ वर्षीया गीतादेवी यादवको शव भेटीएको छ । घाँटीमा धारिलो हतियार प्रहार गरि हत्या गरिएका अवस्थामा बडहरा माल २ की यादवको शव भेटिएको हो ।
घाँटी रेटी हत्या गरिएको शव देखेपछि गाउँलेहरुले प्रहरीलाई खबर गरेका थिए । गीतादेवीका पति अक्षयकुमार यादवलगायत परिवारका सदस्य भने फरार रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट हत्यामा परिवारकै संलग्नता देखिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्पेक्टर नरेसराज सुवेदीले बताए ।
नागरिक, पूर्वेली
प्रतिक्रिया दिनुहोस् >>