उम्मेदवारको घरमा कालो झण्डा

झापा । संविधान सभाको निर्वाचनको विपक्षमा रहेका ३३ दलीय राजनैतिक पार्टीले घोषणा गरेको विरोधका कार्यक्रम अन्तर्गत झापामा पनि उम्मेदवारको घर घरमा उनीहरुले कालो झण्डा गाडेका छन् ।
मंगलवार नेकपा माओवादीका झापा इन्चार्ज डिल्ली घिमिरे “हिक्मत”को नेतृत्वमा आएको टोलीले नेपाली कांग्रेसका क्षेत्र नं. ३ का उम्मेदवार तथा पूर्व गृहमन्त्री कृष्ण प्रसाद सिटौला, क्षेत्र नं. २ का सुधिर कुमार शिवाकोटी, एमालेका क्षेत्र नं. ३ का बसन्त बानिया, एमाले कै क्षेत्र नं. २ का पवित्रा खरेल त्यसैगरी एमाओवादी क्षेत्र नं. २ का पूर्ण सिंह राजवंशी र राप्रपा नेपालका २ नं. क्षेत्रका भक्ति सिटौलाको घरमा कालो झण्डा गाडी चुनाव विरोधी नारावाजी समेत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>