"स्थानिय सञ्चार माध्यम टिक्नुपर्छ"

सुनसरी । सुनसरीका स्थानिय सञ्चारमाध्यमले अबको राज्य व्यवस्थामा स्थानिय सञ्चारमाध्यम टिक्ने वातावरण राज्यले सिर्जना गर्नुपर्ने बताएका छन् ।
प्रेस चौचारी नेपाल सुनसरीले बिहिबार इटहरीमा गरेको स्थानिय सञ्चारमाध्यमका सञ्चालकहरुसंगको अन्तक्र्रियाका सहभागीले राज्यले नीति बनाएर स्थानिय सञ्चार माध्यमको संरक्षण र विकासको वातावरण बनाउनुपर्ने माग गरे । रेडियो रामधुनीका सञ्चालक सुनिल चौधरीले सरकारी विज्ञापनको दर निर्धारण र वितरणको नीति बनाएर स्थानिय सञ्चारमाध्यमलाई वितरण गर्नुपर्ने बताए । सञ्चारमाध्यमको आर्थिक सवलीकरणका लागि संविधानसभाको निर्वाचन पछाडी बन्ने सरकारले ध्यान दिनुपर्ने रेडियो पपुलरका सञ्चालक प्रकाश मेहताको भनाइ थियो ।
चुनावको मुखमामात्र राजनीतिक दलले मिडियालाई सम्झाने गरेको बताउँदै परिवर्तन एफएमका सञ्चालक लक्ष्मण रिजालले अरुवेला पनि राजनीतिक दलले स्थानिय विज्ञापन स्थानिय संञ्चारमाध्यममै प्रकाशन प्रसारण गर्न भुमिका निर्वाह गनुपर्ने बताए ।
नेकपा एमाले सुनसरी प्रचार विभागको आयोजनामा चौतारीले संयोजन गरेको कार्यक्रममा एमाले सुनसरी क्षेत्र नं. २ का उमेद्वार रेवतीरमण भण्डारीले आफुलाई स्थानिय सञ्चारमाध्यका धेरै समस्या थाहा भएकाले आफुले निर्वाचनमा जिते ति समस्याको समाधानका लागि संविधानसभा र संसदमा एजेण्डा पुर्याउने बताए । ‘एमाले खुल्ला, व्यवस्थित र अनुशासित मिडियाको पक्षमा छ,’ भण्डारीले भने, ‘यसका लागि मिडिया सञ्चालनको अनुमती दिने र अनुमति पाएका मिडियालाई टिकाउने नीति बनाउनु आवश्यक छ ।’
सुनसरीका एक दर्जनबढी सञ्चार माध्यमका सञ्चालहहरुको सहभागीता रहेको कार्यक्रममा एमाले सुनसरी प्रचार विभाग प्रमुख भीम राई ज्वालाले स्थानिय सञ्चार माध्यम आर्थिक संकटमा गुज्रीरहेको र ती संञ्चार माध्यमलाई आर्थिक सवलीकरण गर्ने जिम्मा राजनीतिक दलको भएको बताए । राजनीतिक दलले सञ्चारमाध्यमलाई टिक्ने वातावरण सिर्जना गर्न स्थानिय स्रोत र साधनको उपयोगमा सहयोग गर्नुपर्ने धारणा राखे । एमाले सुनसरीका कार्यबहाक अध्यक्ष द्वारिकलाल चौधरीले एमालेको सञ्चार नीति र संविधानसभा निर्वाचनका लागि स्थानिय प्रतिवद्धता पत्रबारे जानकारी गराएका थिए । कात्र्तिक ७  



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>