मुहार फेरीने भो ओखलढुंगाको
Posted by
purwanews
Published on
Thursday, October 24, 2013
ओखलढुंगा । जिल्लाका सबै ग्रामीण सडकहरु मर्मत हुने भएका छन् । मंसिर ४ गते हुन लागेको संविधान सभाको निर्वाचनलाइ मध्यनजर गर्दै जिल्लाका सवै ग्रामिण सडकहरु मर्मत गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जानकारी दिएका छन् ।
जिल्लाबाट निर्वाचन सामाग्री गाउँ गाउँमा पु¥याउन समस्या नहोस भनेर जिल्ला सडक कार्यालय र जिल्ला बिकास समितिले निर्माण गरेका सडकहरु मर्मत गरिने भएको हो ।
जिविसले निर्माण गरेका सडक जिविस र जिल्ला सडक कार्यालयले निर्माण गरेका सडक, सडक कार्यालयबाटै मर्मत गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए ।
जिल्लाको रबुवा सिलौरीघाट सडक खण्ड र ओखलढुंगा च्यानाम सडक खण्ड मर्मतका लागि विहीबारदेखि नै प्राविधिक टोली खटाएर काम सुरु गर्ने स्थानिय विकास अधिकारी राधाकृष्ण श्रेष्ठले जानकारी दिए ।
कात्र्तिक ७
प्रतिक्रिया दिनुहोस् >>