उम्मेदवार लिङ्देनलाई आक्रमण गर्ने पक्राउ
Posted by
purwanews
Published on
Wednesday, October 30, 2013
ईलाम / एमाओवादी इलाम निर्वाचन क्षेत्र नं २ का उम्मेदवार रमेशकुमार लिङ्देनलाई आक्रमण गर्ने नेकपा–माओवादीका एक कार्यकर्तालाई इलामको आमचोकबाट प्रहरीले पक्राउ गरेको छ ।
उम्मेदवार लिङ्देनलाई पााचथर र इलामको सीमावर्ती बजार रवीमा चुनावी सभालाई सम्बोधन गरेर गाडीमा फर्कने क्रममा आक्रमण गर्ने माओवादी कार्यकर्ता आमचोक–७ निवासी ५२ वर्षीय रूपनारायण अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । यस्तै गजुरमुखी गाउा समिति इन्चार्ज डकेन्द्र लिम्बूलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकालाई प्रहरीले उम्मेदवारमाथि हातपात, निर्वाचन गतिविधि विरोधी क्रियाकलापमा सालग्न रहेको भन्दै आजै सार्वजनिक अपराधसम्बन्धी मुद्दा दायर गरेको प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस् >>