मोरङको सुरक्षा अवस्था मजबुत : प्रहरी
Posted by
purwanews
Published on
Wednesday, October 30, 2013
विराटनगर / आसन्न संविधानसभाको निर्वाचनमा मोरङको विकट मानिने निर्वाचन क्षेत्र नं ८ र ९ को सुरक्षा अवस्था निकै मजबुत रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।यी क्षेत्रमा केही सुगम गाविस रहेपनि निर्वाचन क्षेत्र नं ८ मा पाटीगाउ, याङशिला र केराबारी तथा निर्वाचन क्षेत्र नं ९ मा टााडी, जााते, सिंहदेवी, भोगटेनी र वारङगी दुर्गम गाविस मानिन्छ ।
निर्वाचन क्षेत्र नं ८ मा आठ गाविसमा पुरुष २६ हजार ४७५ र महिला २९ हजार ८९४ गरी ५६ हजार ३६९ मतदाता छन् भने निर्वाचन क्षेत्र नं ९ मा नौ वटा गाविस गरी पुरुषको २६ हजार ६१ र महिलाको ३० हजार ५८९ गरी ५६ हजार ६५० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र नं ८ मा अन्य क्षेत्रको तुलनामा सबैभन्दा कम १८ जना र निर्वाचन क्षेत्र नं ९ मा २१ जनाले आआफ्ना उम्मेदवारी दिएका छन् ।
ती क्षेत्रमा सम्भवत सबैभन्दा अग्रस्थानमा एकीकृत नेकपा (माओवादी) छ भने नेकपा (एमाले) र नेपाली कााग्रेस पार्टीले पनि आफ्ना पक्षमा जनमत तयार पार्न कसरत गर्दै छन् । गएको संविधानसभाको निर्वाचनमा निर्वाचन क्षेत्र नं ८ र ९ बाट एकीकृत नेकपा (माओवादी)का उम्मेदवार गोपी अछामे र नरेन्द्र धिताल विजयी भएका थिए ।
अहिले नरेन्द्र धिताल नेकपा–माओवादी पार्टीमा रहेकाले निर्वाचन क्षेत्र नं ९ एकीकृत नेकपा (माओवादी)लाई समस्या भइरहेको बताइएको छ । तथापि एमाओवादीका शीर्षस्थ नेता वर्षमान पुनकै यो क्षेत्रमा उम्मेदवारी रहेकाले उहााको चर्चा अरु उम्मेदवारको अनुपातमा अग्रस्थानमा छ ।
अहिलेको निर्वाचनमा निर्वाचन क्षेत्र नं ८ मा एमाओवादीका विगतमा विजयी भएका गोपी अछामे, नेकपा (एमाले)का चन्द्रबहादुर गुरुङ, नेपाली कााग्रेसका रमेशजंग रायमाझी, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का रामचन्द्र माझी र मधेसी जनअधिकार फोरम नेपालका सगिना खातुनले उम्मेदवारी दिएका छन् ।
यस्तै, निर्वाचन क्षेत्र नं ९ मा एमाओवादीका केन्द्रीय सदस्य वर्षमान पुन, नेकपा (एमाले)का घनश्याम खतिवडा, नेपाली कााग्रेसका डिकबहादुर लिम्बू, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का रमेश कटुवाल तथा मधेसी जनअधिकार फोरम नेपालका अनिता ढकालले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस् >>