धनकुटामा उमेद्वारको गाडीमा आगजनी
Posted by
purwanews
Published on
Wednesday, October 30, 2013
धनकुटा क्षेत्र न. २ का काग्रेस उम्मेदवार आनन्द सन्तोषी राईले चुनावी प्रचारमा प्रयोग गर्दै आएको गाडीमा गएराति अज्ञात समूहले पेट्रोल छर्केर आगो लगाएका छन् ।
राईको मे.१.ज २३७ नम्बरको ल्याण्ड क्रुजर गाडीमा आगजनी गरिएको छ । धनकुटा नगरपालिका–७ स्थित घर अगाडि पाकिर्ङ गरि राखिएको अवस्थामा गाडीमा आगो लगाइएको हो । आगजनीबाट एका तर्फको दुई वटै टायर र केही भागमा क्षति पुगेको छ । आगो कस्ले र किन लगायो खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस् >>