खसी भन्दै बाख्राको मासु

लहान/लहान बजारमा खसीको भन्दै बाख्राको मासु बेच्नेहरुका व्यवसाय फस्टाउँदै गएको छ । यस्तो ढाँट व्यापार र गैरकानुनी मासु बिक्री नियन्त्रण गर्न प्रशासनले चासो नदिंदा सर्वसाधारण उपभोक्ता आर्थिक रुपमा ठगीएका मात्र छैनन् , स्वास्थ्यका दृष्टिले पनि मार खेप्न बाध्य छन् ।
नागरिक समाजका अगुवा राकेश गुप्ताका अनुसार लहानमा अस्वस्थकर र ढाँटेर मासु बिक्री गर्नेहरुको बिगबिगी नै छ । त्यसमा पनि आफुखुसी भाउ बढाएर जनतालाई हैरान पारिएको छ, गुप्ता भन्छन्  यहाँ खसीको मासुको मूल्य मासु बिक्रेताले बढाएर छ सयसम्म पु¥याउँदा पनि सम्बन्धित निकाय चुपचाप छ । जनता यस्तै विडम्बना हेर्न सहन बाध्य छन् ।
मासु बजारलाई कुन निकायले नियमन गरिरहेका छ र यसबारे परेका उजुरीको सुनुवाइ कहाँ हुन्छ भन्ने उपभोक्ताको अन्योल भएकोले उजुर नपरेको र त्यही आधारमा मासु व्यापारीको गलत धन्दा चलिरहेको उनको भनाइ छ ।
उता अधिकतर उपभोत्ता स्वास्थ्यको पक्षमा सोच्दै नसोची मासु खरिद र सेवन गरिरहेकाले मानव स्वास्थ्यको अवस्था निकै जोखिमपूर्ण रहेको चिकित्सकहरु बताउँछन् ।
नागरिक, पूर्वेली


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>