समानुपातिकमा मोरङका व्यापारी धेरै

विराटनगर/राजनितिक दलहरुले निर्वाचन आयोगलाई बुझाएको संविधानसभा समानुपातिक सदस्यको सूचिमा विराटनगरबाट सबैभन्दा बढी व्यापारीहरुको नाम परेको छ । त्यसमा पनि मारवाडी समूदायका व्यवसायीहरुको मात्र सहभागिता रहेको छ ।
निर्वाचन आयोगद्धारा प्रकाशित सूचिअनुसार मधेसी जनाधिकार फोरम नेपाल लोकतान्त्रीकबाट विराटनगरका चार उद्योगी व्यवसायीहरुको नाम समावेश गरिएको छ  नाम समावेस हुनेमा दिनबन्धु गोयल, चम्पालाल राठी, शंकरलाल अग्रवाल र पवनकुमार सारडा रहेका छन् ।
त्यसैगरी नेपाली कांग्रेसले मोरङ व्यापार संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य महेश जाजुलाई समेटेको छ । एकीकृत माओवादीले भने राजकुमार गोल्छा र दिलिप अग्रवालको नाम उल्लेख गरेको छ । मधेसी जनाधिकार फोरम नेपालले प्रदिपकुमार मरारकाको नाम समेटेको छ । भने शरदसिंह भण्डारी नेतृत्वको पार्टी राष्ट्रिय मधेस समाजवादी पार्टीले वाशुदेव गोल्यानलाई समानुपातीकको सूचिमा राखेको छ । उद्घोष 


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>