कांग्रेस पहिलो शक्ती: सुजाता
Posted by
purwanews
Published on
Sunday, October 27, 2013
धरान । नेपाली काग्रेसकी केन्द्रिय सदस्य सुजाता कोइरालाले मंशीर ४ गतेको दोश्रो संविधान सभाको चुनावमा नेपाली काग्रेस मुलुकको पहिलो शक्ती हुने दावी गरेकी छन ।नेपाली काग्रेस सुनसरी क्षेत्र नं १ को आइतवार धरानमा भएको सभालाई संवोधन गर्दै कोइरालाले देशैभरि नेपाली काँग्रेसका लागि जनलहर आएको वताउँदै चुनावमा पहिलोशक्ती भएरै छाड्ने जिकिर गरेकी छिन । काग्रेस ऐतिहासिक पार्टी भएको र अन्य पार्टीवाट जनताहरु वाक्क दिक्क वनिसकेको वताउँदै उनले संविधानसभाको निर्वाचनमा जनताले काँग्रेसलाई जिताएरै छाड्ने वताइन । उनले भनिन "चुनाबी अभियानमा आँफै देशदौडाहा अभियानमा छु । जनताले काग्रेस प्रति आस्था विाश्वास राखेका छन ।"
नेपाली काँग्रेस केन्द्रिय सदस्य धनराज गुरुङले पनि काग्रेसले २ तिहाई बहुमत ल्याउने दावी गरे । कोणसभाको संवोधनका क्रममा उनले भने "लोभीपापीहरुले काग्रेस छाडेर जाँदा काग्रेस झन झन वलियो र झागिर्दै गएको छ ।" चुनावमा बहुमत ल्याउने आधारहरु भएका वताउँदै उनले एमाओवादी अध्यक्ष प्रचण्डले आगामी मंशीर ४ गतेपछि जनतालाई हिसाव किताव च’क्ता गर्ने पर्ने वताएका छन् ।
कार्यक्रमा राष्ट्रिय जनमोर्चा पार्टी र एमाओवादी परित्याग गरेर राजकुमार थोप्रा र
देउमान लिम्बु नेतृत्वमा १ सय १० जना कग्रेसमा प्रवेश गरेको सुजेन्द्र तमाङले बताए । नव प्रवेशी कार्यकर्तालाई केन्द्रिय सदस्य सुजाता कोइराला र धनराज .गुरुङले लगायतले स्वागत र सम्मान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस् >>