चन्दाविरुद्ध गोप्य बैठक

विराटनगर/निर्वाचनको प्रचारसंगै यतिबेला उद्योग व्यवसायीसंग चन्दा माग्नेहरुको लर्को लाग्ने गरेको छ । पार्टीलाई छुटै, उम्मेद्वारलाई छुटै अनि बहिस्कारवादीहरुलाई पनि छुटै चन्दा दिनु पर्ने भएकाले हैरान भएका व्यवसायीहरु प्रशासन गुहार्न थालेका छन् ।
चन्दाकै बारेमा छलफल गर्न उद्योग संगठनले शुक्रवार प्रहरी, प्रशासनका मानिसलाई बोलाएर गोप्य बैठक ग¥यो । प्रेसले थाहा पायो भने सबै कुरा बाहिर आउँछ । भन्ने डरले बैठक गोप्य गरिएको थियो ।
सो बैठकमा पूर्वाञ्चलका क्षेत्रीय प्रशासक, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी नयव महानिरिक्षक, सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारीका साथै दुबै जिल्लाका प्रहरी उपरीक्षकलाई पनि बोलाइएको थियो । सो बैठकमा व्यवसायीहरुले गुनासो पोखे पनि कुनै निष्कर्ष भने निस्कन सकेन ।
यति गम्भिर विषयमा चलाइएको गोप्य बैठकका सम्बन्धमा उद्योग संगठन मोरङका कार्यवाहक अध्यक्ष शिवशंकर अग्रवाल सरकारी पक्षकै आग्रहमा प्रेसलाई नबोलाइएको बताउँछन् । उद्घोष 


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>