पूर्वका सात जिल्लामा बन्दको प्रभाव
ओखलढुंगा । पक्राउ परेका कार्यकर्ता रिहाई र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चुनावी अभियानलाई प्रभावित पार्ने उद्देश्यले संघीय लिम्बुवान राज्य परिषदले पूर्वका केही जिल्लामा बन्दको आह्वान गरेको छ । बन्दको कारण ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, तेह्रथुम, संखुवासभा, भोजपुर लगायतका जिल्लामा लामो तथा छोटा दुरीका सवारी साधन चल्न सकेका छैनन् । यातायात तथा बजार ठप्प बनेका छन् । बन्द र तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले विभिन्न जिल्लाबाट लिम्बुवानका १२ जना कार्यकर्तालाई केहि दिन अघि पक्रेको थियो । उता, नेकपा–माओवादीले आज ओखलढुंगा जिल्ला बन्दको आह्वान गरेको छ । बन्दका कारण सदरमुकामबाट जिल्ला बाहिरिने र भित्रने कुनै साधन चल्न सकेका छैनन् ।
चुनावी प्रचारका क्रममा एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड जिल्ला जाने भएपछि कार्यक्रम प्रभावित गर्न बैद्य माओवादीले बन्दको आह्वान गरेको हो । प्रचण्ड हेलिकप्टरमार्फत दिउँसो ओखलढुंगा र त्यसपछि ताप्लेजुङ जाँदै छन् ।
कार्तिक ११
प्रतिक्रिया दिनुहोस् >>