' एकताको विकल्प छैन ' :आङकाजी

धरान / संघीय समाजवादीका पार्टी नेपालका स्थायी समिति सदस्य एव्म जनजाति महासंघका अभियन्ता आङकाजी शोर्पाले मुलुकमा संविधान निर्माणको लागि पहिचान सहितको संविधानको एजेण्डा वोक्ने शक्तिवीच एकताको विकल्प नभएको वताएका छन् ।
चुनावी दौडाहाका क्रममा सुनसरी आइपुगेका शेर्पाल आज धरानमा पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । पार्टीको काठमाडौ क्षेत्र नं ३ वाट प्रत्यक्षतर्फवाट उमेद्धार समेत वनेका शेर्पा चुनावी दौडाहामा मेचीदेखि महाकालीसम्मका जिल्लाहरुमा चुनावी घोषणा सभामा सम्वोधन गर्न पुग्ने गरेका छन् ।

    निर्वाचन भनेको जनादेश प्राप्त गर्ने प्रजातान्त्रिक विधि भएपनि सेनापरिचालन गरेर गरीने निर्वाचनको विषयमा भने आफ्नो पार्टीको बिमति रहेको समेत उनले स्पष्ट पारेका थिए । सेना परिचालनले मुलुकलाई मुडभेठतर्फ लैजाने दावी गदै त्यस्तो अवस्थमा मतदाताले भयरहीत ढंगले भाग लिन नसक्ने भएकोले त्यस्तो वातावरणको अन्त्य गरीनु पर्नेमा उनले जोडदिए ।
    आफु जनजाति महासंघमा रहदा समेत संघीयताको पक्षमा डटेर लागेकोवताउदै उनले आगामी दिनमा पनि पहिचान र संघीयताको पक्षमा सशक्त रुपमा उभिने स्पष्ट पारेका थिए । पहिलो संविधान सभामा ४ अर्व खर्च गरेर गएकाचारदलका असफल नायकहरुले चारवर्षको समय त्यतिकै खर्च गरेकोल असफल चलचित्रका     नायकहरुलाई अव भने जनताले चलचित्रमा भुमिका दिन नहुनेमा उनको जिकिर थियो । नयाँ नेपाल निर्माणको लागि नया शक्तिको आवस्यकता भएकोले पुराना शक्तिको अव आवस्यकता नरहेको उनको भनाइ छ । नया नेपाल निर्माणको लागि नया सोचको आवस्यकता रहेकोले त्यस्तो सोच र योजना अरु पार्टीसाग नभइ आफ्नो पार्टीवाट मात्र संभव भएको उनको दाबी गरे ।
    पहिचान र संघीयता हुन नदिन षडयन्त्र भइरहेको वताउदै त्यसैले संघीयतावादी पक्षहरुलाई विजयी गराउनुको विकल्प नभएको स्पष्ट पारेका थिए । जातीय विभेद,लैङ्गिक विभेद लगायतका विभेदको अन्त्य गर्नको लागि पनि समाजवादी पार्टीको अनिवार्य रहेको उनले जिकिर गरे । मुलुकमा संघीय संविधान निर्माणमा लागि पनि पहिचान पक्षहरुवीच सहकार्य अपरीहार्य रहेकोमा उनको जोडथियो । मुलुकमा लामो समयदेखि उत्पीडित,उपेक्षित, वर्ग र समुदायको अधिकार स्थापित गर्नको लागि समाजवादी पार्टीको विजयी अपरीहार्य रहेको उनको जिकिर थियो ।

संघीय समाजवादीका पार्टी नेपालका स्थायी समिति सदस्य एव्म जनजाति महासंघका अभियन्ता आङकाजी शोर्पाले मुलुकमा संविधान निर्माणको लागि पहिचान सहितको संविधानको एजेण्डा वोक्ने शक्तिवीच एकताको विकल्प नभएको वताएका छन् ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>