धरानमा महिला भेला सम्पन्न
Posted by
purwanews
Published on
Wednesday, October 30, 2013
धरान / नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ ले आफ्नो चुनावी अभियानलाई तिव्रता दिदै १ नम्बर क्षेत्रका महिलाहरुको बृहत भेला सम्पन्न गरेको छ ।
नेपाल महिला संघ १ नम्बर क्षेत्रिय समिति तथा धरान नगर समितिको आयोजनामा छाताचौकमा भएको उक्त भेलालाई संबोधन गर्दै नेपाली कांग्रेसका समानुपातिक तर्फको उम्मेद्धार मिना सुब्बाले प्रत्यक्ष संगै समानुपातिकमा नेपाली कांग्रेस बिजयी भएमा मात्र महिला अधिकार सुनिश्चत हुने र लोकतान्त्रिक संबिधान बन्ने दाबी गरिन ।
भेलामा बोल्दै उम्मेद्धार सुब्बाले कांग्रेस विजयी भएमा क्षेत्रको लागि आउने बजेट महिलाको विकासका लागि खर्च गर्न आफुहरु प्रतिबद्ध रहेको बताइन ।महिलाहरुको वृहत भेलालाई सम्बोधन गर्दै प्रत्यक्ष उम्मेदवार चन्द्र प्रसाद श्रेष्ठले महिलाहरुको हक अधिकार संविधानमा सुरक्षित गर्ने र महिला माथि हुने सबैखाले विभेद र असमानता अन्त्य गर्ने तथा महिलालाई राज्यको हरेक तहमा समानुपातिक प्रतिनिधित्व गराउने प्रतिवद्धता व्यक्त गर्दै नेपाली कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरे । भेलालाई क्षेत्रीय सचिव सुजेन्द्र तामाङ, नेपाल महिला संघ, सुनसरी सभापति विजया कटवाल लगायतले सम्बोधन गरेका थिए । कांग्रेसका प्रत्यक्ष उम्मेद्धार चन्द्र प्रसाद श्रेष्ठले महिलाको विकास भएमा समग्र राष्ट्रको विकास हुने भएकोले नेपाली कंग्रेसले महिलाको विकासका निम्ती कार्य गर्ने कुरा उल्लेख गरे ।
यसैगरि पांचकन्या नेपाली कांग्रेसले गैरि गांउमा पनि चुनावी भेला सम्पन्न गरेको छ । भेलामा ३४ जना एमाओवादी पार्टी त्यागेर नेपाली कांग्रेसमा प्रवेश गरेको कांग्रेसले जनाएको छ । १५ नम्बर वडा सभापति गणेश सुब्बाको अध्यक्षतामा भएको लक्ष्मी टोल भेलाले उर्मिला थापाको संयोजकत्वमा ३५ सदस्यीय नेपाली कांग्रेस,भानुमार्ग लक्ष्मी टोल समिति गठन गरेको र मोहन राईको संयोजकत्वमा ५१ सदस्यीय नेपाली कांग्रेस फुलवारी मार्ग टोल समिति गठन गरेको नेपाली कांग्रेसका क्षेत्रीय सचिव सुजेन्द्र तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस् >>