धार्मिक संस्थाको जनचेतनामुलक कार्यक्रम

धार्मिक कार्य गर्दै आएको राधेश्याम सेवा ट्रष्टले युवासमुहसँग मिलेर जनचेतनामुलक नाटक प्रदर्शन गरेको छ ।
लागूपदार्थबारे जनचेतना जगाउने उद्देश्यले स्थानिय नव सृजना एकता क्लबसँगको सहकार्यमा नाटक देखाइएको हो । मोरंगको सुन्दरपुरस्थित नयाँ वृन्दावन गौशालामा देखाइएको नाटकमा नयाँ वृन्दावन गौशालामा प्रदर्शन गरिएको नाटकले लागूपदार्थको कुलतबाट जोगिन सन्देश दिएको थियो ।
युवाहरुमा बढ्दै गएको कुलतको समस्या न्युनिकरणका लागि परिवार, विद्यालयसमेतलाई झक्झक्याउने गरी नाटक प्रदर्शन गरिएको ट्रष्टका संरक्षक दीनबन्धु शास्त्रीजी महाराजले बताए ।
कार्यक्रमलाई माइती नेपाल सुन्दरपुर सञ्जालले सहयोग गरेको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>