साना दलबाट उठेपछि एमालेबाट निष्काशित

सुनसरी/चुनावको मुखमा पार्टीका संगठित सदस्यहरु धमाधम अन्य साना पार्टीहरुको उमेदवार बन्न थालेपछि नेकपा एमालेले आफ्ना आठ जना संगठित सदस्यहरुलाई निष्काशन गरेको छ ।
पार्टी विधान विपरीत अन्य विभिन्न दलबाट प्रत्यक्ष र समानुपातिकबाट उम्मेदवारी दिएको भन्दै विज्ञप्ती जारी गरी निष्काशन गरेको जनाएको हो । निष्काशनमा पर्नेमा महेन्द्रनगरका राधा निरौला, भरतराज भट्टराई, डिल्ली सिग्देल, प्रकाशपुरका रविन राई, भरौलका गोकुल थापा, सिंगियाका दलबहादुर खड्का, इटहरीका अरविन राई र प्रेम बाँस्तोला रहेका छन् ।
सिग्देल र बाँस्तोलाबाहेक अन्य सबै विभिन्न पार्टीबाट प्रत्यक्षतर्फ उमेदवारी दिएका कार्यकर्ताहरु हुन् । राधा निरौला ब्राह्मण समाज, भरतराज भट्टराई राप्रपा नेपाल, गोकुल थापा लेबर पार्टी, दलबहादुर खड्का क्षेत्री समाज र अरबिन राई सद्भावनाबाट प्रत्यक्ष तर्फ उठेका छन् । यसैगरी भरतराज भट्टराईले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् भने डिल्ली सिग्देल लेबर पार्टीबाट तथा बाँस्तोला लिम्बुवान मुक्ति मोर्चाबाट समानुपातिकतर्फ चुनाव लड्दैछन् ।
यसैगरी एमाओवादीका प्लाटुन कमाण्डरको भुमिका निभाइसकेका पुरन चौधरी र पुर्व लडाकु तथा पार्टीको जिल्ला सदस्य सीपी दाहाल ६० जनासहित एमालेमा प्रवेश गरेको एमाले सुनसरीले जनाएको छ । चौधरी सुनसरीको भरौल, बक्लौरी, सिंगिया, पकली, भासी र डुम्राहाका वाइसिएल प्रमुख समेत थिए ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>