अन्तर्राष्ट्रिय व्यापार मेला विराटनगरमा
Posted by
purwanews
Published on
Wednesday, October 30, 2013
विराटनगर / मोरङ व्यापार सङ्घ र जिल्ला विकास समिति मोरङले संयुक्त रूपमा ‘विराट महोत्सव अन्तर्राष्ट्रिय व्यापार मेला’–२०७० आयोजना गर्ने भएको छ ।विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मेला विराटनगरको सहिद रङ्गशाला आगामी पुस १ देखि ७ गतेसम्म रहने जनाइएको छ । मेलामा १५० वटा कक्ष हुने र नेपालका घरेलु, साना मझौला तथा ठूला उद्योगका अतिरिक्त पहाडी जिल्लाका खनिजजन्य, कृषिजन्य र अन्य उत्पादन तथा भारत, चीन, भुटान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तानलगायत देशका उत्पादन रहने मोरङ व्यापार सङ्घका अध्यक्ष अविनाश बोहराले बताए ।
नेपालका कृषिजन्य उत्पाद, हस्तकतला एवम् घरेलु तथा साना उद्योगबाट उत्पादित सामाग्रीको पहाडी जिल्लाका उद्योग वाणिज्य सङ्घलाई १० वटा स्टल नि:शुल्क उपलब्ध गराउने व्यवस्था गराइने अध्यक्ष बोहराले बताए । मेलामा वैदेशिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादन, जडीबुटी तथा कृषि उत्पादन, औद्योगिक मेसिनरी र उपकरण, अटोमोबाइल, इलेक्ट्राोनिक्स तथा इलेक्ट्रिकल, मोबाइल सूचान प्रविधि, गारमेन्टस तथा फुटवेयर फर्निचर तथा सिङ्गारका सामान, निर्माण सामग्री शैक्षिक, बैंक तथा वित्तीय संस्था, होटल तथा रेस्टुरेन्ट र नेपालको विविधता झल्काउने फोटो प्रदर्शनी हुने बताइएको छ ।मुलुकको औद्योगिक उत्पादको बजार, पहिचान, सम्भाव्य लागिा क्षेत्रहरू, कृषि र खनिजजन्य वस्तुको औद्योगिकरण, जलस्रोत र पर्यटन क्षेत्रमा सम्भाव्य लगानी, औद्योगिकरणको लागि नयाा प्रविधिबारे जानकारी गराई मुलुकको समग्र विकासमा टेवा पुग्ने उद्देश्य मेलाको छ ।
प्रतिक्रिया दिनुहोस् >>