घरदैलो कार्यक्रम तिव्र

इटहरी / नेपाली कांग्रेस सुनसरी क्षेत्र नं छ का उम्मेदवार रामबहादुर बस्नेतलाई विजयी गराउन कांग्रेसले महेन्द्रनगरमा घरदैलो
कार्यक्रमलाई तिव्रता दिएको छ ।

 कांग्रेसले आज महेन्द्रनगरको वडामा घरदैलो कार्यक्रम गरेको छ। घरदैलोमा मतदाताहरु सँग बोल्दै उम्मेदवार बस्नेतले लोकतन्त्रको रक्षा र जनताको भावना बुझेर काम गर्ने पार्टी नेपाली कांग्रेस मात्र रहेको दाबी गरे ।
 आफु जिबिस सभापति हुँदा यो क्षेत्रको बिकासअका लागि उल्लेख्य कामगरेको जनाउदै बस्नेतले यो छेत्रको बिकासको लागि आफु लागि पर्ने प्रतिबद्दता जनाए।

 २०४७ सालमा पनि कङ्रेसको नेत्रित्तोमा संबिधान बनेको  बताउदै उनले नेपाली कङ्ग्रेसले स्पस्ट बहुमत पाएमा मात्र लोकतान्तिक संबिधान बन्ने सुनिस्चित हुने बताए । लोकतन्त्रको रक्षा र पहिचान र सामर्थ्यमा आधारित संबिधान को सुनिस्चित गर्दै सबै जात जाती भाषा क्षेत्रको संबिधानमा समान प्रतिनिधित्तो गराउन कङ्रेस कतिबद्द रहेको बस्नेतको भनाइ छ।   

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>