बजारभरी भन्सार छलेका सामान
इनरुवा/इनरुवा बजारका साथै आसपासका क्षेत्रहरुमा यतिबेला भन्सार छलिका सामानहरु प्रशस्त भेटीन थालेका छन् ।
भरतीय सीमावर्ती क्षेत्रसँग जोडिएका नेपाली भूभाग हुँदै ल्याइएका भन्सार छलिका सामानहरु स्थानीय बजार लगायतको क्षेत्रमा भेटिने गरेको छ । भारत तर्फबाट भन्सार छलि गरि ल्याइएका दैनिक उपभोग्य सरसामान स्थानीय व्यापारीहरुले सस्तो मूल्यमा पाउने भएकाले समेत बजारमा त्यस्ता सामानहरु भित्रीने क्रम बढेको हो ।
केही समय अघिसम्म किनमेलका लागि भारतीय जागवनी बजार धाउने सर्वसाधारण लगायत व्यापारीहरु प्छिल्लो समय सीमावर्ती भारतीय बजार वीरपुर र भीमनगर पुग्ने गरेको भेटीन्छ । जोगवनी नाकामा चेकजाँचमा कडाइ हुन थालेपछि सर्वसाधारणहरुमा स्थानीय सीमावर्ती भारतीय बजार तर्फको आर्कषण बढेको हो । नजिकै पर्ने र खासै चेकजाँच नहुने भएकाले दैनिक उपभोग्य सामान खरिदका लागि सो क्षेत्रमा जाने गरेको स्थानीय व्यापारीहरु बताउँछन् ।
उद्घोष
प्रतिक्रिया दिनुहोस् >>