भारतीय गाडीको प्रभावले ट्याक्सी व्यवसाय मारमा

विराटनगर/संविधानसभा निर्वाचनमा राजनीतिक दलहरुले सवारी साधन भाडामा लैजाने आशमा बसेका ट्याक्सी व्यवसायीहरु गाडी भाडामा नलाग्दा निरास बनेका छन् । राजनीतिक दलहरुले  प्रचारप्रसारका लागि भारतीय गाडी प्रयोग गर्दा विराटनगरका ट्याक्सी व्यवसायीहरु निरास बनेका हुन् ।
चुनाव प्रचारका लागि मधेशवादी दल लगायत ठूला राजनीतिक दलका उम्मेद्वारहरुले भारतीय गाडी प्रगोग गर्ने गरेका छन् । उनीहरुले भारतीय गाडिहरुको भाडा सस्तो भएका कारण प्रयोग गरेको बताएका छन् ।
नेपालको गाडिको तुलनामा भारतीय गाडीको भाडादर सस्तो छ । भारतमा तेलको मूल्य कम भएर भाडा सस्तो भएको स्रोतले जनाएको छ । विराटनगरबाट सञ्चालन हुने ट्याक्सीले एकदिनको भाडादर तेलबाहेक १ हजार ५ सय रहेको व्यवसायीहरुले बताएका छन् ।
उद्घोष 


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>