संवेदनशील क्षेत्रमा रात्री गस्ती
Posted by
purwanews
Published on
Tuesday, October 29, 2013
दमक/चुनाव र तिहार नजिकीएसँगै झापाको दमकमा सात स्थानलाई सुरक्षाको दृष्टिले अति संवेदनशीलको सूचिमा राखिएको छ ।
चुनावी र पर्वको सुरक्षालाई मध्यनजर गरी प्रहरीले अनुगमन तथा गस्तीसमेत बढाएको छ । इलाका प्रहरी कार्यालय दमकले हालै गरेको एक अध्ययनका क्रममा ती क्षेत्रमा सुरक्षाका दृष्टिले अति संवेदनशील रहेको देखाएको हो ।
दमक वडा नं १२, १३ को फाल्गुनन्द चोक,, १० को गोर्खाली टोल, १५ को चिया दोकान, बेलाडाँगी र दमक १६को कृष्णमन्दिर क्षेत्रलाई सुरक्षाको दृष्टिले अति संवेदनशीलको सूचीमा राखेर प्रहरीले ती क्षेत्रमा निगरानी बढाएको छ ।
उद्घोष
प्रतिक्रिया दिनुहोस् >>