प्रहरीको विशेष सुरक्षा अभियान
इटहरी । संविधानसभाको दोस्रो निर्वाचनलाई स्वच्छ, निस्पक्षा, सवतन्त्र, भयरहित, विश्वसनिय बनाउन पूर्वी पहाडी तथा तराईका जिल्लामा भुमिगत समूहका गतिविधि निस्तेज पार्नेगरि पूर्वक्षेत्रिय प्रहरीले विशेष टोली परिचलन गरेको छ ।
पहिलो संविधानसभाको निर्वचनअघि र पछि नयाँ नयाँ सशस्त्र संगठन तथा मोर्चा खुलेका थिए । कतिपय शान्तीपूर्ण राजनितिमा प्रवेश गरेपनि कतिपयले अहिलेपनि अतिवीधि जारी रहेकाले विशेष टोली परिचालन गरिएको हो ।
पूर्वका १६ वटै जिल्लामा हुने गरेका गतिविधि अन्त्य गर्न डिएसपीको कमानडमा ५० प्रहरीको टोली परिचालन गरिएको डिआइजी उपेन्द्रकान्त अर्यालले जानकारी दिए । उनका अनुसार विशेष टोलीले भूमिगतसँगै चुनावविरोधी समूहको सूचना संकलन, अभिलेख राख्ने र करवाही गर्नेछ ।
प्रहरीको विशेष टोलीको नेतृत्व गर्नेसंगै अन्य प्रहरीका नाम भने गोप्य राखिएको छ । पूर्वाञ्चलमा पहिलो संविधानसभा निर्वाचनताका पनि विशेष टोली परिचालन गरिएको थियो ।
नागरिक पूर्वेली
प्रतिक्रिया दिनुहोस् >>