एकहातले पैसा अर्को हातले भोट
Posted by
purwanews
Published on
Wednesday, October 23, 2013
धनुषा । संविधानसभाको दोस्रो निर्वाचन संविधान निर्माणकै उद्देश्यले गर्न लागेको भनिए पनि ग्रामीण क्षेत्रका मतदाताले अझै गाँठी कुरा बुझ्न सकेका छैनन् ।
खासगरी ग्रमीण भेगका धेरै मतदाता विकास निर्माण र शिक्षा रोजगारी दिलाइदिनेलाई नै भोट हाल्नु राम्रो हुन्छ भन्ने ठान्छन् । उनीहरुको चियो चर्चो आफूले गरेको मतदानबाट आफ्नो क्षेत्रमा प्रत्यक्ष लाभ के हुन सक्छ भन्नेमै केन्द्रीत हुने गरेको छ ।
धनुषा क्षेत्र नं. ६ मा पर्ने रघुनाथपुर गासिको ६ नम्बरस्थित पासवान टोलका स्थानिय उनीहरुले भनेको यौटा सामान्य काम गरिदियो भने भोट हाल्ने विचारमा छन् । ५० घरधुरी रहेको पासवान छोलका बासिन्दाको सर्त छ जसले पहिले गाउँमा भएको छाप्रोलाई राम्रो बनाइदिन्छ सवैले उसैलाई भोट दिने ।
नागरिक पूर्वेली
प्रतिक्रिया दिनुहोस् >>