आचारसंहितामा कडाई
विराटनगर/विभिन्न राजनितिक दलबाट प्रत्यक्ष तर्फबाट उम्मेद्वार बनेकाहरुलाई पटपपटक आचारसंहिता विपरित काम नगर्न आग्रह गरेपनि बेवास्ता गरेपछि शनिवारबाट अनुगमनको कार्य शुरु गरिएको जिल्ला निर्वाचन आयोग मोरङका प्रमुख झंकमणी शर्माले जानकारी दिए । शर्माका अनुसार निर्वाचन आयुक्त डा आयोधिप्रसाद यादवसहितको टोलीले शनिवार नगरका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।
अनुगमनका क्रममा विराटनगर १ स्थित पुष्पलाल चौकमा नेकपा एमाले पार्टीले सार्वजनिक स्थलमा राखेको झण्डालाई नियन्त्रणमा लिएको छ । त्यसैगरी सो क्षेत्रका सडक आसपासका बिजुलीका पोलमा आचारसंहिता विपरित राखिएका विभिन्न पार्टीका झण्डालाई निकालिएको थियो। अनुगमन टोलीले निर्वाचन क्षेत्र नं ६ स्थित एकीकृत माओवादीका उम्मेद्वार बाबुराजा ओझाले चुनाव प्रचार प्रसारका लागि प्रयोग गरेको सवारी साधनलाई तत्काल निर्वाचन कार्यालयबाट स्वीकृति लिएर सञ्चालन गर्न सचेत गराएको थियो ।
उद्घोष
प्रतिक्रिया दिनुहोस् >>