धुसेनीमा दुर्घटना, ८ को मृत्यु १० घाइते
Posted by
purwanews
Published on
Monday, October 28, 2013
ताप्लेजुङ / ताप्लेजुङको धुसेनीमा आज जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १० जना गम्भीर घाइते भएका छन् । पाँचथरबाट ताप्लेजुङतर्फ जाँदै गरेको जिप मेची राजमार्ग अन्तर्गत दोखु गाविस वडा नम्बर २ स्थित धुसेनीमा दुर्घटना भएको हो । मृतकमध्ये गाडी धनी खगेन्द्र श्रेष्ठ र चालक श्याम इजमको मात्र सनाखत भएको छ । घाइतेहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भैरहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिव ५ सय मिटर लत खसेको बताइएको छ । दुर्घटनाको यकिन कारण खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस् >>