प्रधानसेनापति इटहरीमा
Posted by
purwanews
Published on
Monday, October 28, 2013
सुनसरी / चुनावको तिथि नजिकिंदै जाँदा प्रधान सेनापति गौरव शमशेर राणा सुरक्षा अवस्था बुझ्न जिल्ला भ्रमणमा निस्किएका छन् । यसै क्रममा सेनापति राणा मध्य क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी लिएर पूर्व लागेका छन् । हेटौंडास्थित नेपाली सेनाको मध्य क्षेत्र पृतनाबाट सुरक्षा स्थितिबारे जानकारी लिएर राणा इटहरीस्थित पूर्वी पृतना इटहरी आइपुगेका हुन् । राणाले पूर्वका भोजपुर, सप्तरी र पाँचथर जिल्लाको सुरक्षाका अवस्थाबारेमा समेत जानकारी लिने कार्यक्रम रहेको स्रोतको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस् >>