फोरम लोकतान्त्रिकको घोषणापत्र सार्वजनिक
Posted by
purwanews
Published on
Monday, October 28, 2013
काठमाडौं / मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले १० प्रदेशको प्रस्तावसहितको घोषणापत्र सार्वजनिक गरेको छ । आज कार्यक्रम बिच फोरम लोकतान्त्रिकले तराई–मधेसमा स्वायत्त मधेस र स्वायत्त थरुहट गरी दुई तथा पहाड र हिमालमा आठ गरी १० प्रदेश बनाउनुपर्ने प्रस्तावसहितको घोषणापत्र सार्वजनिक गरेको हो । फोरम लोकतान्त्रिकले संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसद तथा प्रदेश सभाबाट चुनिने राष्ट्रपति रहने शासकीय स्वरुपको प्रस्ताव गरेको छ । प्रधानमन्त्रीलाई नियन्त्रणमा राख्न राष्ट्रपतिलाई पनि केही अधिकार दिनुपर्नेमा फोरम लोतान्त्रिकले जोड दिएको छ । प्रधानमन्त्री चुन्न संसदको ५१ प्रतिशत र हटाउन ६० प्रतिशत मत आवश्यक पर्ने ब्यवस्था गर्नुपर्ने फोरम लोकतान्त्रिकको प्रस्ताव छ ।
प्रतिक्रिया दिनुहोस् >>