मोरङमा प्रहरी सक्रियता बढदो


विराटनगर /  हिन्दुहरुको महानपर्वका रुपमा रहेको शुभदिपावलि अर्थात तिहार नजिकिदै गर्दा यसबर्ष भने मोरङ प्रहरीले बिराटनगर लगायत जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ ।

तिहार भन्ने बित्तिकै रंगीचंगि र पटकाको चाडपर्वका रुपमा चिनिएको सीमावर्ति क्षेत्र बिराटनगरमा भने यस बर्ष पटका तथा आतसबाजीहरु पूर्ण नियन्त्रण गर्न प्रहरी लागि परेको छ । तिहार सागै आउने संबिधानसभाको निर्वाचनलाई केन्द्रित गर्दै मोरङ प्रहरीले यसबर्ष  तिहार र छठमा पटका पट्काउने तथा कारोवार गर्ने जो कोहीलाई कारवाहि गर्ने भएको छ । यति मात्रै नभएर बालबालिकाले पटका जन्य पदार्थ पड्काएमा तिनका अभिभावकलाई नियन्त्रणमा लिएर कारवाही गर्ने मोरङ प्रहरी प्रमुख विश्वराज पोखरेलले बताउनुभयो । यसकालागि सचेत पार्दै शुक्रबार  जिल्ला प्रहरी कार्यलय मोरङले विराटनगर बजारमा पटका पड्काउनबाट वालवालिकालाई जोागाउन आग्रह गर्दै माइकिङ पनि गरेको छ ।    
   अघिल्लो बर्षहरुमा पटाकाको ओसार पसारमा मात्र नियन्त्रण गरेको प्रहरीले यसवर्ष भने ओसार पसार, किनबेच र पड्काउने कामलाई समेत नियन्त्रण गर्ने रणनिती बनाएको छ । रमाईलोका नाममा पड्काईने पटाका र विष्फोटक जन्य पदार्थले समाजको शान्ती सुरक्षामा असर पुर्‍याउने र दुर्घटना हुने भएपछि त्यसलाई नियन्त्रणमा लिन उच्च सतर्कता अपनाइएको मोरङ प्रहरी प्रमुख एसपी विश्वराज पोखरेलले बताए ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>