पहिला काम , अनि मत :सुकुम्बासी
Posted by
purwanews
Published on
Thursday, October 10, 2013
धरान । सुकुम्बासीहरुको अवस्था दिनप्रतिदिन धरासायी बन्दै गएको भन्दै नेपाल बसोबास बस्ती संरक्षण समाज सुनसरीले पहिला काम अनि मात्र मत भन्दै शिक्षा स्वास्थ्य रोजगार र सुरक्षाको माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।
सत्तरी लाख सुकुम्बासीहरु माथि राजनीतिक दलहरुले खेलवाड मात्र गरेकाले अब आउने संविधान सभाको निर्वाचनमा सुकुम्बासीले स्थानीय नेतृत्वलाई पहिला काम गर्ने अनि मात्र मत दिने बताएका छन् ।
देश भरिका कुल मतदातामध्ये ४० प्रतिशत सुकुम्बासी रहेको बताउँदै सो मतको दुरुपयोग कुनै पनि हालतमा हुन नदिने जनाउदै सुकुम्बासीको मतलाई कमजोर नसम्झन चेतावनी दिएका छन् ।
नेपाल बसोबास बस्ती संरक्षण समाजका सुनसरी अध्यक्ष थाम्सेर लिम्बू र केन्द्रिय सदस्य रुपनारायण कुरुङबाङले प्रेस विज्ञप्ति जारी गर्दै चेतावनी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस् >>