'जनतासामु माफी माग्नुपर्छ' : थापा
Posted by
purwanews
Published on
Monday, October 28, 2013
सप्तरी / राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देशको धर्म, सँस्कृति पार्टी भन्दा ठूलो भएको बताएका छन ।
आजमा आयोजित चुनाबी सभालाई सम्भोधन गर्दै उनले, जनताले विवेक पु¥याएर मतदान गर्नुपर्ने बताएका हुन । राष्ट्रिय एकता यात्राका क्रममा आज सप्तरीको फतेपुरमा सभालाई सम्बोधन गर्दै थापाले चार दलले नेपालको पहिचान मेटाउने काम गरेकाले उनीहरुले नेपाली जनतासामु माफी माग्नुपर्ने बताए ।
सप्तरीधर्म निरपेक्षताका नाममा हिन्दू राष्ट्र र त्यसले सयौं वर्षदेखि अपनाउँदै आएको संस्कृति समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै थापाले चार दलकै कारण विदेशीले प्रभुत्व जमाउँदै गएको आरोप समेत लगाए ।
प्रतिक्रिया दिनुहोस् >>