आसाराम गर्भपतन गर्न लगाउँथे

नयाँदिल्ली / भारतीय प्रहरीले बलात्कारका आरोपी आध्यात्मीक गुरु आसाराममाथि बलात्कृत युवतीहरुको गर्भपतन गराएको आरोप लगाएको छ ।
अदालतमा बहसका दौरान प्रहरीले आसारामबिरुद्ध कैयौं गम्भीर अभियोग लगाउँदै थप १० दिन हिरासतमा राख्न माग गरेको थियो । प्रहरीले आसारामबिरुद्ध बलात्कृत युवतीहरुलाई गर्भपतन गर्न लगगाएको आराप लगाउँदै हिरासतको अवधी बढाउन अदालत समक्ष माग गरेको हो । गुजरातको राजधानी गान्धीनगर स्थित अदालतले शनिवार आसारामलाई मंगलवारसम्म हिरासतमा राख्न आदेश दिएको थियो ।
अदालतले प्रहरीको मग स्विकार्दै आसारामलाई मंगलवारसम्म हिरासतमा राख्न अनुमती दिएको थियो । उता गुजरात प्रहरीले पनि आसारामको पोटेन्सी टेस्ट (पुरुषत्व परिक्षण) गराएको छ । शुक्रवार गराएको परिक्षणको नतिजा पोजिटिभ अर्थात आसाराम यौन सम्पर्क गर्न सक्षम रहेको भन्ने आएको छ । आसारामले बलात्कारको आरोपबाट उम्कन आफु नपुंसक भएको बयान समेत दिएका थिए । कान्तिपुर


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>