नेपाल हिन्दू राष्ट्र बनोस् : थापा
Posted by
purwanews
Published on
Sunday, October 20, 2013
राप्रपा नेपालका अध्यक्ष कमल थापाले विश्वभर रहेका एक अर्ब आठ करोड हिन्दूको चाहना नेपाल हिन्दू राष्ट्र हुनुपर्ने रहेको बताएका छन्।शनिबार विराटनगरमा सञ्चारकर्मीसँगको भेटमा अध्यक्ष थापाले राष्ट्रिय अखण्डता जोगाउन एवम् राप्रपा नेपालप्रति जनलहर सिर्जना गर्न आगामी कात्तिक ४ गतेदेखि गोरखाबाट राष्ट्रिय एकता यात्रा प्रारम्भ गर्ने जानकारी दिए।
उनले उक्त यात्रा तराई पहाड र हिमाल २३ जिल्लाको ३ हजार किलोमिटर दुरी तय गरी १०० भन्दाबढी क्षेत्रमा आमसभा गरी कात्तिक १४ गते काठमाडौंमा टुङ्गिने बताए।
अध्यक्ष थापाले ठूला राजनीतिक दलले विगत सात वर्षमा देशमा अस्थिर राजनीतिक उत्पन्न गराई जनतामा निरासा छाएको बताउँदै आगामी संविधानसभा निर्वाचनमा राप्रपा नेपाललाई दह्रो विकल्प दिए ठूलो शक्तिको रुपमा आउने दाबी गरे। प्रतिक्रिया दिनुहोस् >>