१८ वर्षदेखि खोरमा
Posted by
purwanews
Published on
Sunday, October 20, 2013
संखुवासभा / मादीमुलखर्क ८ का ठूलो ओइराङका अगम गुरुङले १८ वर्षदेखी खोरमा जीवन विताइरहेका छन् । जन्मेको दुईवर्षदेखी शारीरिक तथा मानसिक रुपमा अपांग रहेका अगमलाई खोरमा थुनेर राख्नुपरेको परिवारजनले बताएको छ ।
चकचक गर्ने भएकाले अगमलाई खोरमा राखिएको बाबु लेखमणी गुरुङले बताए । लेखमणीका माइला छोरा हुन अमन । खुला छाडेमा घरका सामानहरु फ्याँक्ने फुटाउने गर्ने भएकाले बाध्य भएर खोरमा राख्नु परेको लेखमणीले बताए । घरपछाडी कटेरो बनाई अमनलाई थुनिएको छ ।
कान नसुन्ने र खुटा नटेक्ने उनी घस्रेर हिंडछन् । राती सुत्न भने घरभित्रै लाने गरिएको छ । उसलाई खाना समेत अरुलेनै खुवाइदिनु पर्ने तथा कपडा लगाउन नमान्ने भएकाले बढी समस्या भएको परिवारको भनाई छ । बोली फुटेर हिंडडुल गर्न थालेपछि यस्तो भएको आमा ताराले बताईन् । कान्तिपुर
प्रतिक्रिया दिनुहोस् >>