मोरङद्वारा इलाम पराजित

विराटनगर । विराटनगर शहीद रंगशालाको खेलमैदानमा शुक्रबारदेखि सुरु वाइवाइ पुरुष यू १९ पुर्वाञ्चल क्षेत्रीय क्रिकेट छनौट प्रतियोगिताको उद्घाटन खेलमा ३३ रनले मोरङले इलामलाई जितेको छ ।
टस जितेर ब्याटिङमा उत्रिएको मोरङ्गले निर्धारित ४० ओभरको खेलमा २१.२ ओभरमा सबै विकेट गुमाई ११६ रनको स्कोर खडा गर्यो । जसमा मोरङ्गका लव कामतले नटआउट २८, सोमेश यादवले २१ र फिरदोस अंन्सारीले १७ रन बनाए ।
इलामको लागि दिपेन्द्र मगरले प्रभावशाली वलिङ गर्दै ४ र पुजन गुरुङ्ग तथा निकुन चिपालुले २/२ विकेट लिए । जवाफि व्याटिङमा ईलामले फितलो व्याटीङ्गको प्रदर्शन गर्दै २३.१ ओभर सबै विकेटको क्षतीमा मात्र ८३ रन वनायो । उसका लागि तारानाथ राउतले नटआउट २७, निकुञ्ज चीपालुले २० र दिपेन राईले ११ रनको योगदान गरे । मोरङ्गको तर्फ बाट कालीचरण यादवले ३, अजय मंडल र हजरत अलीले २/२ विकेट लिए । यस खेलको म्यान अफ द म्याच मोरङका कालीचरण यादव भए ।
क्षेत्रीय क्रिकेट विकास समिती क्षेत्र नं. १ को आयोजनामा शुरु भएको प्रतियोगितामा उदयपूर, सप्तरी, सुनसरी, मोरङ, झापा र ईलामका १९ वर्ष मुनिका युवा खेलाडी सम्मिलित जिल्ला क्रिकेट टीमहरुको सहभागिता रहेको छ । यस प्रतियोगिताबाट छनौट भएका १४ खेलाडीहरुले कार्तीक २२ गते देखि काठमाडौंमा सुरु हुने पुरुष यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुर्वाञ्चलको प्रतिनिधित्व गर्ने क्षेत्रीय क्रिकेट विकास समितीले जनाएको छ ।
८ कार्तिक


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>