एमाओवादीले बहुमत ल्याए देश टुक्रिन्छ– बिजुच्छे
Posted by
purwanews
Published on
Friday, October 25, 2013
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुच्छेले आगामी संविधानसभा निर्वाचनमा एकिकृत माओवादीले बहुमत पाए देश टुक्रिने दाबी गरेका छन्। एकिकृत माओवादीले भने जस्तो जातिय संघियतामा गए देशमा जातिय हिंसा बढ्ने र देश टुक्रिने उनको दाबी छ।
नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति कास्कीले आज पोखरामा गरेको पत्रकार भेटघाटमा बिजुच्छेले आसन्न निर्बाचनमा एकिकृत माओबादीले दुई दुई तिहाई मत ल्याए देशकै लागि घातक हुने जिकिर गरेका छन्।
एकिकृत माओबादीले जातीय राज्यको अडान राख्दा विदेशीको इसारामा पहिलो संबिधानसभा बिगठन भएको दाबी गर्दै उनले एमाओबादी र मधेशबादी दल शक्तिसाली भए देश बिखण्डित हुने बताए। एमाओबादीले भनेजस्तो जातिय राज्य र मधेशवादी दलले भनेको एक मधेश प्रदेश संभब नरहेको बिजुच्छेले बताए।
एमाओवादीले बहुमत ल्याए आगामी संबिधानसभाबाट आफूले भनेजस्तो जातीय आधारमा राज्यको पुनसंरचना गर्ने र त्यसले देशलाई बिखण्डनतिर लैजाने उनले बताए। मधेशबादी दलले मधेशलाई नेपालबाटै अलग्याउन एक मधेश प्रदेशको प्रस्ताब अघि सारेको बिजुच्छेको आरोप छ।
अहिलेको निर्बाचनलाई आफ्नो पार्टीले बैदेशिक हस्तक्षेप बिरुद्धको अबसरको रुपमा लिएको उनले बताएका छन्। नेमकिपाले लामो समयदेखि ईमानदारिताको राजनीतिक छबी कायम राखेको दाबी गर्दै उनले बैदेशिक हस्तक्षेपको कारण नेपालमा संबिधान बन्न नसकेको बताए।
(सेतोपाटी बाट)
प्रतिक्रिया दिनुहोस् >>