मुलुक ठूलो द्वन्द्वमा फस्ने निश्चित : नागरिक अगुवा
Posted by
purwanews
Published on
Sunday, October 27, 2013
काठमाडौं / नागरिक अगुवाहरुले ठूलो राजनीतिक शक्तिलाई बाहिर राखेर गर्न लागिएको निर्वाचन सम्पन्न भए मुलुक ठूलो द्वन्द्वमा फस्ने निश्चित भएको दाबी गरेका छन् । रिपोर्टर्स क्लवको साक्षात्कारमा उनीहरुले संविधान नलेख्न योजना स्वरुपनेकपा-माओवादीलाई प्रमुख दलहरुले जानजानी बाहिर राखेको आशंका समेत ब्यक्त गरे ।
संविधानविद् डा. भिमार्जुन आचार्यले प्रमुख दलहरुले निर्वाचन नगर्न र संविधान पनि नलेख्ने योजन स्वरुप जानी जानी नेकपा-माओवादीलाई प्रक्रियाबाट बाहिर राखेको दाबी गर्दै यथास्थितिमा हुने निर्वाचन मुलुकको लागि घातक हुने चेतावनी दिए ।
दलहरुले पाँच वर्षको लागि निर्वाचन भएको बताई रहे पनि संविधानमा अझै संविधानसभाको पहिलो बैठकको चार वर्षसम्म उल्लेख भएको, ठूलो शक्ति बाहिर राखेको, सहमतिमा हुनुपर्ने संविधानसभाको निर्वाचनमा सेना परिचालन गर्नु जस्ता विषयले निर्वाचन गर्न घोषणा नगरिएको दाबी गर्दै मुलुकको लागि यथास्थितिको निर्वाचन घातक हुने बताए ।
उनले भने- 'ठूलो शक्तिलाई बाहिर राखेर बनाइएको संविधानमा सबै को अपनत्व हुँदैन । पछि त्यसले फेरि मुलुकलाई संविधानसभाकै नाममा द्वन्द्वमा लैजान्छ ।'
राजनीतिक विश्लेषक मुमाराम खनालले नेकपा-माओवादीलाई नियोजित रुपमा चुनाव भन्दा बाहिर राखेकोले संविधान बनाउन नसक्ने र शान्ति प्रक्रियालाई पनि निष्कर्समा पुर्याउन नसक्ने निर्वाचन नाटकमात्र भएको टिप्पणी गरे ।
चुनावले नेपालको राष्ट्रियतामा ग्रहण लगाएको बताउँदै उनले यथास्थितिमा हुने निर्वाचनले बनाउने संविधानसभाले संविधान निर्माण गरे फेरि माओवादी द्वन्द्वकालकै जस्तो असन्तुलन र अशान्तिको अवस्था आउने चेतावनी दिए ।
राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले आम सहमतिबिनाको निर्वाचन मुलुकलाई पुनः अर्को द्वन्द्वको दुष्चक्रममा हाल्ने षडयन्त्र भएको दावी गर्दै मुलुक २००७ सालको अवस्थामा पुगेको बताए ।
विश्व समूदायको तिब्बत हेर्ने र चाइनालाई घेर्ने ग्राइण्ड डिजाइन अन्तर्गत नेपाललाई द्वन्द्वमा हाल्ने खोजिएको र त्यसैको प्रभावमा प्रमुख दलका नेताहरु परेको आरोप लगाउँदै उनले यो नेपालमा गोलमाल उत्पन्न गरेर सार्वभौमिकता सक्ने दाउ भएको दावी गरे । अधिकारकर्मी चरण प्रसाईले मंसिर ४ गते हुन लागेको निर्वाचनलाई राष्ट्रले नस्वीकारेको शाक्ति प्रक्रिया विरुद्धको ऐतिहासिक भुलको संज्ञा दिए । अधिकारकर्मी सुदिप पाठकले निर्वाचन विवादरहित हुन नसकेको र माओवादी बाहिर रहेकोले आगामी निर्वाचन सत्ता परिवर्तन बाहेक संविधान निर्माण गर्न नसक्ने ठोकुवा गरे ।
(kantipur)प्रतिक्रिया दिनुहोस् >>