काँचो खाना दिएपछि म्यादी प्रहरी असन्तुष्ट

 उदयपुर । सैविधानसभा चुनावकालागि खटाउन ल्याइएका यहाँका म्यादी प्रहरी आन्दोलित भएका छन् । अभिल्लो दिन वाराका म्यादीमाथि कुटपिट भएको खबरले यहाँका म्यादी प्रहरी आन्दोलित  भएका हुन ।
खानेकुरा काँचै दिएको तथा तालिममा अपशब्द बोलेको र कबोलेको भन्दा कम रकम दिने कुरा गरेको आरोप उनीहरुको छ । आज बिहानको भात चामलै (काँचै) थियो, तरकारी पनि राम्रो छैन, म्यादी प्रभुनारायण चौधरीले भने । तालिम कडा छ जे मन लाग्यो त्यही बचन लगाउँछन् । उनका अनुसार तालिम दिने गुरुजीले मनपरी अपशब्द बोल्ने गरेका छन् ।
अर्का म्यादीले पहिले ३८ हजार दिने भनेकोले भर्ना हुन आएको तर पछि ३५ हजार भन्ने गरेपनि अहिले त्योभन्दा कम पाउँछौ भन्ने गरेको बताए । दुई महिनाको लागि भनेर भर्ना लिएकोमा डेढ महिनाको मात्र नियुक्ति दिएको तथा सप्तरीका लागि भर्ना लिएर उदयपुर खटाएको उनीहरुको गुनासो छ ।
नागरिक पूर्वेली 


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>