सिटौला पैदल ७ किलोमिटर हिडे
Posted by
purwanews
Published on
Sunday, October 20, 2013
झापा/नेपाली कांग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाले झापाको क्षेत्र नं. ३ मा चुनाव प्रचार प्रसारका लागि पाँच किलोमिटर पैदल हिडेका छन् ।
चन्द्रगढीको लेखनाथ चोकदेखि सुरु भएको ¥यालीमा हजारौको संख्यामा पार्टीका कार्यकर्ता सहित भद्रपुरको विभिन्न क्षेत्रमा परिक्रमा गर्दै कृष्ण मन्दिरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
सो अवसरमा महामन्त्री सिटौलाले यस अघिको संविधान सभाको चुनावमा निर्वाचित सभासदले विकासको निर्माण र संविधान निर्माणको काम गर्न नसकेकाले यस पटकको निर्वाचनमा नेपाली कांग्रेसलाई निर्वाचित गराएमा संविधान निर्माण हुने र विकासको निर्माण पनि हुने ठोकुवा गरे ।
कार्तिक ०३
प्रतिक्रिया दिनुहोस् >>